site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कहाँ पुग्यो ममता काफ्ले बेपत्ता प्रकरणको अनुसन्धान ? अहिलेसम्म के पत्ता लाग्यो ?

काठमाडौं । सम्पर्कविहीन भएको साढे एक महिना नाघिसक्दा पनि ममता काफ्लेको अवस्था अझै अज्ञात छ । अन्तिमपटक गएको जुलाई २७ मा देखा परेकी ममता त्यसयता सम्पर्कविहीन छिन् । उनको हत्या भइसकेको आशंका गरिए पनि ठोस प्रमाणको अभावमा अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

अनुसन्धान अधिकारीहरूले उनलाई खोज्ने प्रयास गरिरहेका छन् । पछिल्लोपटक प्रहरीले बिहीबार (भदौ २७ गते) मात्र उनीहरूको घरमा खोजतलास गरेको छ । प्रहरीले  घटनाबारे नयाँ प्रमाण फेला परेकाले थप खोजतलास गरेको जनाए पनि विस्तृतमा बताएको छैन । मंगलबारमात्र प्रहरीले ममताको बेपत्तासँग जोडिएको हुन सक्ने महत्त्वपूर्ण जानकारी प्राप्त भएको बताएको थियो ।

यसअघि, गत हप्ता प्रहरीले जुलाई २८ देखि अगस्ट ५ सम्म ममताका श्रीमान् नरेश भट्टको सम्पर्कमा आएका व्यक्तिहरूसँग सोधपुछ गरेको थियो ।

Dabur Nepal
NIC Asia

उनका श्रीमान् ३७ वर्षीय भट्ट अगस्ट २२ यता हिरासतमा छन् । श्रीमती ममताको हत्या गरेर शव लुकाएको आरोप नरेशलाई लागेको छ । यद्यपि, उनले निरन्तर आरोप अस्वीकार गर्दै आएका छन् । पर्याप्त प्रमाण नपुगेकै कारण उनीमाथि हत्याको मुद्दा चलाइएको छैन ।

अनुसन्धान अधिकारीहरूले नै ममता जीवित हुने सम्भावना निकै कम रहेको बताइसकेका छन् । प्रहरीले शव लुकाइएको हुन सक्ने आशंकामा धेरैपटक सम्भावित ठाउँमा खोजतलास गरिसकेको छ । प्रहरीले ब्लुम्स क्रसिङ कम्युनिटी, मनासस क्रिस्चियन स्कुल, क्याम्प क्यारोन्डेलेट र ब्लुम्स पार्कसहित उनीहरूको घरमा धेरैपटक खानतलासी गरेको छ ।

के हो घटना ?

ममता अन्तिमपटक गएको जुलाई २७ मा देखिएको थिइन् । त्यो दिन उनी आफ्नो काम गर्ने ठाउँमा थिइन् । उनी मनाससकै यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरको मेडिकल सर्जिकल युनिटमा रजिस्टर्ड नर्सका रूपमा काम गर्थिन् ।

उनले जुलाई २८ मा एकजना साथीसँग कुरा गरेको पाइएको छ । त्यही दिन उनले आफ्नो टिकटकबाट आफू र आफ्नो छोरी देखिने गरी भिडियो पोस्ट गरेको देखिन्छ । 

उनी सम्पर्कमा नआएपछि उनकै सहकर्मीहरूले अगस्ट १ मा उनको अवस्थाबारे बुझिदिन प्रहरीलाई आग्रह गर्छन् । त्यसपछि अगस्ट २ मा प्रहरी उनको घर पुग्छ । ममता हप्ताको दुई दिन काम गर्थिन् । अगस्ट १ र २ मा उनी काममा जानुपर्ने थियो । तर, उनले काममा आउने/नआउनेबारे कुनै जानकारी नदिएपछि उनका सहकर्मीहरूले प्रहरीलाई उनको अवस्थाबारे बुझिदिन आग्रह गरेका थिए ।

प्रहरी ममताको घर पुग्छ । तर, उनी भेटिँदैनन् । प्रहरीले उनका श्रीमान् नरेशसँग सोधपुछ गर्छ ।उनले ममता आफ्नो सम्पर्कमा नभएको बताउँछन् । नरेशले सुरुमा हराएको रिपोर्ट नगर्ने बताउँछन् ।

प्रहरीले सोधपुछ गरेको तीन दिनपछि अगस्ट ५ मा नरेशले श्रीमती हराएको रिपोर्ट गर्छन् । त्यसक्रममा उनले प्रहरीलाई आफूले ममतालाई अन्तिमपटक ३१ जुलाईमा डिनरमा देखेको बताउँछन् ।

अनुसन्धान अधिकारीहरूले अगस्ट ५ देखि ८ सम्म गहिरो छानबिन गर्छन् । त्यस क्रममा उनीहरूले केही दिन यता ममता र उनका परिवार र साथीहरूसँग र सहकर्मीहरूसँग कुनै सम्पर्क नभएको थाहा पाउँछन् । सामाजिक सञ्जालमा पनि ममता सक्रिय भएको पाइँदैन ।

नरेशले सुरुमा अनुसन्धान अधिकारीहरूलाई सघाउँछन् । प्रहरीहरूले सोधेको प्रश्नहरूको जवाफ दिन्छन् । स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा उनले 'हराएकी' श्रीमतीलाई सन्देश पनि दिन्छन् । 

त्यस क्रममा उनले भनेका हुन्छन्, "तिमी कहाँ छौ, घर फर्क । घरमा म र बच्चा मात्रै छौँ । प्रत्येक सेकेन्ड हामी तिमीलाई पर्खिरहेका छौँ । प्रत्येक पल तिम्रो प्रतिक्षा गरिरहेका छौँ । यदि तिमी सुन्दै छौ भने हामी तिम्रो लागि पर्खिरहेका छौँ । हामीलाई तिम्रो आवश्यकता छ ।"

नरेशले स्थानीय सञ्चार माध्यमसँग ममता तीन वर्षदेखि आफ्ना लागि विशेष मान्छे भएको बताउँछन् । उनले ममता यसअघि तीनपटक हराएको पनि बताउँछन् । तर, यसरी लामो समयसम्म कहिल्यै नहराएको उनको भनाइ थियो ।

अगस्ट २१ मा अनुसन्धान अधिकारीहरूले घरमा खोजतलास गर्छन् । तर, खोजतलासको कारण खुलाइएको हुँदैन । खोजतलासका लागि प्रहरीले पटकपटक सर्च वारेन्ट लग्छ । घटनालाई लिएर सयौँ अन्तर्वार्ता गर्छ ।

विस्तारै नरेशले अनुसन्धान अधिकारीहरूलाई सघाउन छाड्छन् । घटना शंकास्पद लागेपछि प्रहरीले २१ अगस्टमा नरेशलाई पक्राउ गर्छ । उनीहरूको एकवर्षीय बालकलाई पनि प्रहरीले आफ्नै साथमा लग्छ ।

फरकफरक अभिव्यक्ति, शंकास्पद गतिविधि

स्थानीय सञ्चारमाध्यमका अनुसार श्रीमती बेपत्ताबारे नरेशले फरकफरक अभिव्यक्ति दिँदै आएका छन् । ममताले बेपत्ता हुनुअघि आफ्नो फोन फुटाएको दाबी नरेशको छ ।

जुलाई ३० मा नरेशले एउटा मार्टबाट तीनवटा चक्कु किनेको पाइएको अनुसन्धान अधिकारीहरूले बताएका छन् । त्यसको अर्को दिन जुलाई ३१ मा नरेश अर्को मार्टमा देखापरेका छन् । जहाँ उनले सरसफाइ गर्ने सामग्री किनेको पाइएको छ । 

अनुसन्धान अधिकारीहरूले उनीहरूको मुख्य बेडरुममा रगत भेटाएका थिए । कार्पेटमा पनि शंकास्पद प्रमाण भेटिएको अनुसन्धान अधिकारीहरूको भनाइ छ । खाट पनि सारिएको पाइएको छ । उनीहरूको बाथरुममा रगत भेटिएको छ । अनुसन्धान अधिकारीहरूले केही वस्तुलाई घिसार्दै बाथरुमसम्म पुर्‍याइएको अनुमान गरेका छन् ।

बाथ टबलाई खोल्दा पनि रगतको संकेत भेटिएको बताइएको छ । तर, अहिलेसम्म उनीहरूको घरमा भेटिएको रगत कसको हो भन्ने पुष्टि भइसकेको छैन ।

अनुसन्धान अधिकारीहरूले सरसफाइका लागि किनिएको सामग्री पनि भेटाएका छन् । घर पनि लथालिंग अवस्थामा रहेको बताइएको छ ।

नरेशले १९ अगस्टमा आफ्नो टेस्ला कार बेचेका थिए । त्यसपछि घरमा कतै जानका लागि तयार पारिएको जस्तोदेखि नै सुटकेस पनि फेला पारेको बताइएको छ ।

घरेलु हिंसा र ममता

ममताले गत फेब्रुअरीमा चिनजानको दिदी पर्ने सुनिता थापा बस्नेतलाई आफूमाथि श्रीमान्‌बाट घरेलु हिंसा भइरहेको बताएकी थिइन् । 

"मैले उसलाई घर छोड्न पनि भनेकी थिएँ । बरु तिमी मेरो घरमा आउन सक्छौ भनेकी थिएँ । नभए कतै सेल्टरमा बस्न भनेकी थिएँ । मैले सक्ने सबै सहयोग अफर गरेकी थिएँ । तर, उनी मानिनन् ।"

त्यसको केही समयपछि ममताले बबितालाई मेसेज गरिन् । "दिदी म उसलाई (नरेश) एक मौका दिन चाहन्छु । म उसलाई एकदमै धेरै माया गर्छु, उसलाई अप्ठेरोमा पार्न चाहन्न, राम्रो मान्छे र राम्रो बुवा बनोस् भन्ने चाहन्छु," मेसेजमा ममताले भनेकी थिइन् । 

बबिता ममतालाई एक इमान्दार, मेहनती, स्वतन्त्र, व्यक्तिग रूपमा चिन्छिन् । उनका अनुसार, मतालाई खाना पकाउन मन पर्थ्यो । संगीत मन पर्थ्यो । र, आफ्नो छोरीलाई संसारमा सबैभन्दा धेरै माया गर्थिन् ।

छिमेकीहरू पनि नरेशमाथि लागेको आरोपदेखि अचम्मित छैनन् । यदि ममता कतै गएको भए उनले बच्चालाई एक्लै नछाड्ने तर्क छिमेकीहरूको छ ।

एजेन्सीहरूको सहयोगमा ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro