site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शिक्षा दिवसमा दिइने पदक विजेताहरूको नामावली २ असोजमा सार्वजनिक गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस, २०८१ मा पदक पाउने व्यक्तिहरूको नाम सार्वजनिक गर्ने भएको छ ।

मन्त्रालयले नेपाल विद्याभूषण 'क', 'ख' र 'ग', नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक 'क' र 'ख' एवं छात्रा पुरस्कारका लागि छनोट भएकाहरूको नामावली सार्वजनिक गर्न लागेको हो ।

आगामी असोज २ गते मन्त्रालयकै वेबसाइटबाट नामावली सार्वजनिक गरिने छ । यस्तै, शिक्षा दिवसको कार्यक्रम पुस्तिकामा समेत नाम प्रकाशन गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

छनोट हुनेहरूलाई प्रदान गरिने पदक र प्रमाणपत्र वितरणको कार्यक्रमको मिति पछि प्रकाशित गरिने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले यसअघि पुरस्कारका लागि आवेदन माग गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro