site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लिपुलेक–कालापानी भारतको हो भनेपछि मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले लिपुलेक र कालापानी भारतको हो भनेको विषयमा पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । 

भदौ २५ गते प्राइम टीभीको 'जनता जान्न चाहन्छन्' कार्यक्रममा दिएको अन्तर्वार्तामा चौधरीले 'लिपुलेक र कालापानी भारतले दाबी प्रस्तुत गरेको छ, मलाई लाग्छ दाबी पुग्छ, उसको दाबी पुग्छ भारतले लिन पाउँछ' जस्ता अभिव्यक्ति दिएका थिए ।

 "अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?" चौधरीलाई सोधिएको स्पष्टीकरणमा उल्लेख छ ।

me-1726153781.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro