site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रास्वपाबाट निष्कासित पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ
फाइल तस्बिर ।

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले बिहीबार लागुऔषध मुद्दामा पक्राउ गरेको हो ।

श्रेष्ठको नाममा रहेको दिया फार्मेसीले औषधिजन्य लागुऔषध बिक्रीवितरण गरेको आरोपमा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

केही दिनअघि कास्की प्रहरीले लागुऔषधसहित युवालाई पक्रेको थियो । पक्राउ परेका युवाले नै बयानका क्रममा उक्त लागुऔषध श्रेष्ठको फार्मेसी बाट खरिद गरेको बताएका थिए । त्यसकै आधारमा श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई भोलि अदालत लगेर म्याद थप गर्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro