site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘एक्टर’मा आना, यस्तो छ चरित्र 

काठमाडौं । चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माणपक्षले आनाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । 

पोस्टरमा आना वान पिसमा सहरीया युवतीका रुपमा चित्रित छिन् । उनको चरित्रको नाम प्रकृति रहेको निर्माणपक्षले जानकारी दिएको छ । 

Dabur Nepal
NIC Asia

यसअघि यो सिनेमाका तीनवटा पोस्टर सार्वजनिक भइसकेका छन् । राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप खड्का, राजवल्लभ कोइराला र आनासँगै नव–नायिका दिव्या रायमाझी, अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय छ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही सिनेमाबाट डेब्यु गरेकी हुन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमाका निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल चलचित्रका सह–निर्माता हुन् । क्रिएटिभ प्रोडुसर मोती कार्की रहेको सिनेमाको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । 

सिनेमाको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । सिनेमालाई नरेन्द्र मैनालीले खिचेका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro