site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेलाई माओवादी र रास्वपा सांसदको जवाफ– हामीले मात्रै खानुपर्छ भन्ने हो ?

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई कुन लोकतन्त्रका लागि लड्नुभएको थियो भनी सोधेको प्रश्नप्रति सांसदहरूले आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा गिरीले कुन लोकतन्त्र बचाउने ठेक्का लिएको भनी सोधेका थिए । “कुन लोकतन्त्रका लागि लड्नुभएको थियो र त्यो लोकतन्त्र बचाउने ठेक्का लिनुभएको छ ?,” उनले भने “संसारका महँगा विश्वविद्यालयहरूमा हजारौँ डलर खर्च गरेर पढेका अभिजातवर्गका छोराछोरीले लडेर यो मुलुकमा लोकतन्त्र,  ल्याएको होइन ।” 

देशका गरिब, श्रमजीवी, उत्पीडनमा परेका जनताहरूले लडेर परिवर्तन ल्याएको उनको भनाइ छ । उनले लोकतन्त्र बचाउन कसैले चिन्ता लिन नपर्ने समेत बताए ।

Dabur Nepal
NIC Asia

बैठकको सुरुमै बोलेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानालाई हटाउने सरकारको तयारीले लोकतन्त्र मार्न लागिएको बताएका थिए । 

सोही अभिव्यक्तिलाई लिएर गिरीले जवाफ फर्काएका थिए । त्यसपछि बोलेका नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले लोकतन्त्र ल्याएको श्रेय तत्कालीन सात दल र विद्रोही माओवादीले मात्रै लिन नहुने बताए ।

“यसको क्रेडिट आज संसद्‌वादी पार्टी र माओवादी पार्टीले मात्रै लिनुहुँदैन । मानिसहरूले त्यतिबेला सरकारको विरोध गर्थे, यसको अर्थ त्यो होइन कि उनीहरू माओवादी थिए । माओवादीको विरोध गर्ने कांग्रेस, एमालेमात्रै थिएनन्,” उनले भने, “स्वतन्त्र बुद्धिजीवी, नागरिक समाजले यो आन्दोलनका लागि भूमिका निर्वाह गरेका थिए ।”

घर्तीले हामीले प्राप्त गरेको लोकतन्त्रमा अरू किन खान आएको भन्ने हो भने विद्रोह हुन सक्ने चेतावनी पनि दिए । 

“हामीले प्राप्त गरेको लोकतन्त्रमा हामीले मात्रै खानुपर्छ, अरूले खान किन आएको भन्ने जस्तै गरेर नयाँ आएका शक्तिलाई यसरी हियाउने प्रवृत्ति देखापर्‍यो भने अर्को विद्रोह नहोस्,” उनले भने । 

त्यसपछि बोलेकी रास्वपाका सांसद विनिता कडायतले लोकतन्त्र एउटा दलले ल्याएको कि जनताले भनी प्रश्न गरिन् ।

“हिजो शासन व्यवस्था परिवर्तन गर्न लाखौँ जनताहरूलाई सडकमा आह्वान गरेको होइन र ? लोकतन्त्र एउटा दलले ल्याएको हो कि जनताले ? यस्ता आडम्बरी भाषा प्रयोग नगर्न उमेरले परिपक्व नेतालाई सभामुखमार्फत आग्रह गर्दछु,” उनले भनिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro