site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्बन्धविच्छेद भएकी श्रीमतीको जिम्मा लिनु पर्दैन : धनराज गुरुङ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले आफूमाथि संसदीय छानबिन गर्न माग गरेका छन् । ललितपुरको मितेरी सहकारीका बचतकर्ताको रकम गुरुङकी श्रीमतीले ठगेको र उनले नक्कली सम्बन्धविच्छेद गरेको आरोप लगाइएपछि मंगलबार प्रतिनिधिसभा बैठकमा उनले त्यसबारे बोलेका हुन् ।

“सम्बन्धविच्छेद भएकी श्रीमतीबारे थाहा हुने कुरा भएन । सम्बन्धविच्छेद भएकी श्रीमतीका कामको जिम्मेवारी त लिनै पर्दैन,” गुरुङले भने, “म प्रमाण लुकाउनका लागि गृह मन्त्रालयको जिम्मेवारीमा पनि छैन । म खुला किताब हुँ ।”

उनले आफूमाथि उठाइएका प्रश्नमा छानबिनका निम्ति आग्रह समेत गरे । “ममाथि संसदीय छानबिन गरियोस, सभामुख महोदय । म नै ०ं४६ सालपछिका सबै पदमा बसेकाहरूको छानबिनको प्रस्ताव यो संसद्मा दर्ता गरेको व्यक्ति हुँ,” गुरुङले भने, “ममाथि छानबिन गरियोस् । मितेरी सहकारीमा कसले कति ठगेको छ, त्यसका विषयमा पनि छानबिन गरियोस् ।”

आफूले निष्ठाको राजनीतिमा विश्वास गर्ने भन्दै उनले आरोपित भएर बस्नुभन्दा छानबिनबाटै निर्णय गरियोस् भन्ने पक्षमा रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro