राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक कार्यक्रममा सहभागी हुन पोखरा जाने तयारी भएपछि सहकारी पीडित आन्दोलनमा उत्रिएका छन् । पोखरामा हुने गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका लामिछानेविरुद्ध चर्को नाराबाजी भइरहेको छ ।
नाराबाजीका बीचमा कडा सुरक्षा घेराबीच लामिछाने भर्खरै कार्यक्रमस्थल पुगेका छन् । उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । उनीहरुले सहकारी ठगी गरेको भन्दै लामिछानेविरुद्ध नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ १३:२२
प्रतिक्रिया दिनुहोस्