site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खोलामा डुबेर किशोरको मृत्यु, एक बेपत्ता
प्रतीकात्मक तस्बिर ।

बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक किशोरको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

भद्रपुर नगरपालिका–५ का १७ वर्षीय फिरोज खानको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । त्यसैगरी बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन् ।

खान र राईसहित चारजना दोमुखा घुम्न आउने क्रममा माईखोलामा नुहाउन पसेका थिए । नुहाउन पसेकामध्ये खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी प्राप्त गरे लगत्तै खटिएको प्रहरी टोलीले बेपत्तामध्ये फिरोजको शव घटनास्थलबाट एक सय मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला पारेको थियो ।

राई हालसम्म फेला नपरेकाले कोसी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरको टोलीले खोजी गरिरहेको छ । मृत खानको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । रासस

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro