site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘सँझ्या : साहित्य’मा सुनिए सिलवाल, डंगोल र श्रेष्ठ

भक्तपुर । ‘सँझ्या : साहित्य’मा योपटक कविहरू छविरमण सिलवाल, दिलकुमारी डंगोल र सिजन श्रेष्ठ सुनिएका छन् । सँझ्या : साहित्यले ‘कला र कविताका पक्ष’मा स्लोगनका साथ हरेक महिना कविहरूलाई मञ्च प्रदान गर्दै आएकोे छ ।

शनिबार नयाँ थिठीमा आयोजित कार्यक्रममा तीनै कविले आफ्ना पाँच/पाँच कवितावाचन गरे ।

सोही अवसरमा नेपालगन्जबाट आएकी कवि कमला डीसीले केही मुक्तक र एउटा कवितावाचन गरिन् ।

साहित्यकार अभय श्रेष्ठले सँझ्या साहित्यमा कवितावाचनका साथै यदाकदा कवितामाथि अन्तरक्रिया समेत गरिँदै आएको जानकारी दिए ।

विगत लामो समयदेखि कविहरू अभय, रामगोपाल आशुतोष, हरिहर तिमिल्सिना र नवीनप्रकाशको सक्रियतामा यो कार्यक्रम हुँदै आएको आशुतोषले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro