site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै 

काठमाडौं । काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ)को तेस्रो संस्करण यही भदौ २२ र २३ गते आयोजना हुने भएको छ । दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञको उपस्थिति रहने महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले गर्ने आयोजकले जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपालः एसियाली कला, संस्कृति तथा साहित्यको प्रवेशद्वार थिम रहेको यसवर्षको महोत्सवले नेपाको सम्वृद्ध सांस्कृतिक सम्पदा तथा दक्षिण एसियासँगको सम्बन्धलाई जोड दिनेछ ।
 
कला, साहित्य, सिनेमा, रङ्मञ्च, संगीत, मिडिया, राजनीतिलगायत समसामयिक विधामा छलफल तथा प्रस्तुति रहने यस महोत्सवमा नेपाल तथा भारतका कवि, लेखक, कलाकार तथा विज्ञहरु सहभागी हुँदै आएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मूलतः दक्षिण एसियाका लेखकहरूको जमघट हुने महोत्सवमा यसपटक पनि नेपाललगायत भारत, भुटान र श्रीलंकाका दर्जनौं लेखक सहभागी हुँदै छन् । 

आइतबार दोस्रो दिन नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रमुख अतिथिका रुपमा उपस्थिति जनाउने कार्यक्रम छ । 

केएलएफ काठमाडौंकी संस्थापक सदस्य तथा निर्देशक रञ्जना निरौलाले महोत्सवको बारेमा उत्साह व्यक्त गर्दै भनिन्, “साहित्य, संगीत, कला, तथा संस्कृतिमा रुचि राख्नेहरूका लागि जीवनभरी सम्झनलायक अनुभव प्रदान गर्नेछ ।” 

काठमाडौंको होटेल हिमालयमा आयोजना हुने महोत्सव तीनवटा हलमा समानान्तर रूपमा चल्नेछ । दुई दिनको अवधिमा यसले ६० भन्दा बढी सत्रहरू समेट्नेछ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्