site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनताको ‘राउन्ड किक’ ओलीले देख्नेछन् : प्रचण्ड (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दलका नेताहरूले ‘जनयुद्ध’को अवमूल्यन गर्न खोजेकाले भन्डाफोर गर्नुपर्ने बताएका छन् ।

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवस कार्यक्रममा उनले ‘जनयुद्ध’ वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको उल्लेख गरे । यस्तो अवस्थामा सरकारमा रहेका दलका नेताहरूले हिंसा भन्ने दुष्साहस गरेको भन्दै उनले जनतामा गएर भन्डाफोर गर्नुपर्नेमा जोड दिए ।

सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर उक्त संघर्षमाथि धावा बोल्ने छुट कसैलाई नभएको उनले बताए ।

प्रधानमन्त्री (केपी शर्मा ओली)ले ‘प्रचण्डलाई राउन्ड किक हानेको’ भनेर बोलेको आफूले सुनेको उनले उल्लेख गरे । अब जनताको राउन्ड किक उनीहरूले देख्ने प्रचण्डको भनाइ छ ।

“प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन्, प्रधानमन्त्रीमा बसेका मान्छेले,” उनले भने, ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले (केपी ओली) त मलाई राउन्ड किक हानेका रहेछन्, जनताको राउन्ड किक उनले देख्नेछन् भन्ने म ठान्छु ।

‘जनयुद्ध’का महान् सहिदलाई सम्मान गर्ने विषयमा पार्टीले निरन्तर काम गरिरहेको उनले स्पष्ट पारे । टीआरसी विधेयक पारित भएपछि ‘जनयुद्ध’लाई राष्ट्रिय दिवसका रूपमा स्थापित गर्न रोक्न नहुने र अदालतले पनि पुनर्विचार गर्ने उनले विश्वास व्यक्त गरे ।

आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन उनले आग्रह गरे । सरकारबाट बाहिरिएसँगै संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको उनले बताए ।

परिवर्तनका विरुद्ध गर्न खोजिएको ज्यादती र अपमानविरुद्ध संघर्ष गर्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro