राजनीति

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठकले वार्षिक कार्ययोजना र केही समसामयिक प्रस्ताव पारित गरेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बुधबार सम्पन्न भएको बैठकले विभिन्न प्रस्ताव पारित गरेको हो ।
बैठकमा अध्यक्ष ओलीले मुलुकको बदलिएको राजनीतिक परिस्थिति, सरकारका काम र पार्टीको
आगामी कार्यभारका बारेमा सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१ २१:११
प्रतिक्रिया दिनुहोस्