site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृत भेटिएका बालिकाका आमाको एसएमएस– ‘तेरा छोरी मारिदिइसकेँ, म पनि मर्छु’  

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई बालिकाकी आमा अस्मिता पौडेल कार्की पक्राउ परेकी छन् । 

प्रहरीले उनलाई बुधबार झापाबाट पक्राउ गरी विराटनगरस्थित कोसी अस्पताल भर्ना गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । दुई छोरीको विष सेवन गराई हत्या भएको आशंकामा प्रहरीले उनीसँग सोधपुछ गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने, “अस्वस्थ्य अवस्थामा फेला परेकाले अस्पताल भर्ना गरेका छौँ । केही सन्चो भएपछि घटनाबारे सोधपुछ र बयान लिने काम हुनेछ ।” प्रहरीका अनुसार, पक्राउ परेकी अस्मिता शारीरिक रूपमा निकै कमजोर देखिएकी छिन् । 

धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी दुई छोरी एक वर्षीया आइका र तीन वर्षीया अर्पणा कार्की सुन्दरहरैंचाको केराबारीमा मृत फेला परेकै दिनदेखि बेपत्ता भएकी थिइन् । 

उनीहरू स्थानीय मालती टोलमा डेरा गरी बस्दथे । नजिकै घरसमेत निर्माण गरिरहेका थिए । अर्जुनले प्रहरीसमक्ष आफ्नी पत्नीले मोबाइलमा ‘तेरा छोरी मारी दिइसकेँ, म पनि मर्छु’ भनेर म्यासेज पठाएको बयान दिएका छन् । 

घटनालाई सुक्ष्म ढंगले विश्लेषण गरी अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए । म्यासेजको सत्यताबारे समेत अनुसन्धान हुने प्रहरीको भनाइ छ । दुई छोरी केरा बगानमा अंगालो मारेको अवस्थामा मृत भेटिएका थिए । नजिकै विषादीको बट्टा समेत फेला परेको थियो । 

अस्मिता हराएपछि प्रहरीले स्थानीयको सहयोगमा चारकोसे झाडी र उनी जान सक्ने सम्भावित ठाउँमा खोजी तीव्र पारेको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि दुई बालिकाको मृत्युको कारणबारे थप थाहा हुने प्रहरीले जनाएको छ ।

नयाँ घरमा पानी हाल्ने विषयमा विवाद भएपछि पाँच दिनअघि अस्मिता दुई छोरी लिएर घरबाट हिँडेको थिइन् । पछि केरा बगानमा छोरीहरू मृत फेला परेका थिए । अर्जुन र अस्मिताबीच २०५९ सालमा विवाह भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro