site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चालु आवमै किसान सूचीकरण सक्ने गरी काम हुन्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षमै किसान सूचीकरण सक्ने गरी काम गरिने बताएका छन् । आज मन्त्रालयअन्तर्गतको विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उनले किसान सूचीकरण सकेर परिचयपत्र पनि वितरण गरिने प्रतिबद्धता जनाए ।

किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र ७५३ वटै स्थानीय तहलाई आग्रह गरे ।

“कृषिमा दिइने अनुदानलाई प्रदेश र स्थानीय तहसँग समन्वयगरी व्यवस्थित गरिन्छ । कृषि लगानी दशकमा के के गर्ने भन्ने मन्त्रालयले चाँडै सार्वजनिक गर्छ, कृषिमा तीनै तहसँगै जानुपर्छ,” उनले भने ।

बिउबिजन ऐन, २०४५ हालै संशोधन भएकाले त्यसअनुरूपको नियमावली आउन लागेको जानकारी पनि मन्त्री अधिकारीले गराए । उनले रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गर्न लागिएको पनि सुनाए ।

बाली लगाएका स्थानमा बाँदरले दुःख दिनेक्रम देशभर फैलिएकाले यो समस्या समाधानमा पनि मन्त्रालयले काम गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro