site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कतारका लागि राजदूत सिफारिस पौडेललाई सांसदको प्रश्न– यो आराम गर्न जाने पद हो ?

काठमाडौं । कतारका लागि नेपाली राजदूतमा सिफारिस रमेशचन्द्र पौडेललाई सांसदहरूले राजदूत पद आराम गर्नका लागि नबनाइएको भन्दै सतर्क गराएका छन् । मंगलबार संसदीय सुनुवाइका क्रममा सांसदहरूले उनलाई राजदूत भएर गएपछि आराम नगर्न सुझाव दिए ।

“राजदूत आराम गर्न जाने पदजस्तो भएको छ । यो प्रश्नको जवाफ दिने गरी काम गर्नुहोला,” समितिका सदस्य महेशकुमार बर्तौलाले भने ।

पौडेल विराटनगरका पूर्वमेयर हुन् । उनी २०५४ देखि ५९ सम्म विराटनगरका मेयर थिए ।

Dabur Nepal
NIC Asia

“राजदूत भनेको सेवा सुविधा लिएर नेपालीको उपेक्षा गर्ने, नेपालीलाई बेवास्ता गर्ने र आराम गर्न जाने हो कि भन्ने परेको छ । यता ध्यान दिनुहोला,” कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा पौडेलले आफू आराम गर्न राजदूतमा सिफारिस नभएको बताए । 

“मैले कतारका लागि पूर्वराजदूतसँग कुरा गरेको थिएँ । उहाँ ‘त्यहाँ गएपछि सुत्न नपाएर डाइबेटिजको बिरामी भएर औषधि खानुपर्‍यो’ भन्दै हुनुहुन्थ्यो । त्यो ठाउँ आराम गर्न पाउने ठाउँ होइन,” पौडेलले भने । 

सुनुवाइका क्रममा पौडेलले आफ्ना कार्ययोजना समितिमा प्रस्तुत गरेका थिए । उनले आफू कतारमा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण र प्रवर्धनमा लाग्ने प्रतिबद्धता जनाए ।

“राजदूत नियुक्त भएमा कतारमा रहेका रोजगारदातका कार्यस्थलको अनुगमन गर्ने र सम्बन्धित अधिकारीहरूसँग वार्ता गरी समस्या समाधान गर्ने छु,” उनले आफ्नो योजना सुनाए ।

कार्यक्षेत्र एवं सार्वजनिक क्षेत्रमा हुने दुर्घटना, मृत्यु, डिप्रेसन, दुर्व्यसन आदि कम गर्न शिक्षा, सचेतना र परामर्श सेवाका लागि सहजीकरण गर्ने उनले बताए । उनले कतारबाट वैदेशिक लगानी नेपालमा भित्राउन पनि पहल गर्ने जनाए ।

“कतारका उद्यमी, व्यवसायीहरू वैदेशिक लगानी गर्न उत्सुक देखिन्छन् । त्यसका लागि हाम्रो देशको नीति, ऐन, कानून र व्यवसाय सहजताका बारेमा विस्तृत छलफल, सूचना–जानकारी प्रदान गर्न ध्यान केन्द्रित हुने छ,” पौडेलले भने ।

पोखरा र भैरहवाबाट नियमित हवाई सेवा सञ्चालन गर्न पनि कतारलाई अनुरोध गर्ने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro