site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– मानवीय गल्ती गरेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले एमबीबीएस परीक्षाको नतिजा किन रोल नम्बरको आधारमा कायम गरेको भनि सोधेका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले उच्च शिक्षालाई सुधार गर्नुपर्ने चर्चा चलेका बेलामा गल्ती भएको बताए । 

“चिकित्सा शिक्षा आयोगले भदौ १ मा लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा भदौ १४ मा सार्वजनिक गर्‍यो । समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम टाइब्रेकको आधारमा कायम गर्नुपर्ने, किन रोल नम्बरको आधारमा भयो ?,” उनले प्रश्न गरे । 

उनले चिकित्सा शिक्षा आयोग कार्यकारी समितिले र परीक्षा समितिले गम्भीर गल्ती गरेको बताए । मानवीय गल्ती भएको भनि विज्ञप्ति निकालेकोमा आपत्ति जनाए । “मानवीय गल्ती गरेर विद्यार्थीको भविष्य धरापमा पार्न पाइन्छ ?,” उनले प्रश्न गरे ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro