site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमएडब्लूले नाडा अटो शोमा बिक्री गर्‍यो एक हजारभन्दा बढी सवारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । एमएडब्लू वृद्धि ग्रुपले नाडा अटो शोमा एक हजारभन्दा बढी दुई पांग्रे तथा चार पांग्रे सवारी बिक्री गरेको बताएको छ । एमएडब्लू ग्रुपले ग्राहकमा जगाएको विश्वास र विश्वसनीयताका कारण यो कोसेढुंगा पार भएको कम्पनीले जनाएको छ ।

एमएडब्लू ग्रुपले नेपाली अटोमोटिभ उद्योगमा विश्वसनीयता, रिलायबल तथा इन्नोभेटिभ ब्रान्ड विस्तार गर्दै आएको बताएको छ ।

भदौ ११ देखि १६ गतेसम्म ६ दिन चलेको नाडा अटो शोमा ग्रुपले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चांगन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखेको बताएको छ।

ग्रुपका निर्देशक विष्णु अग्रवालले ग्राहकको अविश्वसनीय प्रतिक्रियाले आफ्नो अपेक्षा पुरा गरेको बताउँदै यो एमएडब्लुको टिमको कडा परिश्रम र समर्पण र ग्राहकको विश्वासको प्रमाण भएको बताए ।

एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले यसले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro