site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इटालियन स्प्रिन्टर पारालम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो तेस्रोलिंगी बन्दै  
Dabur Nepal
NIC Asia

काठमाडौं । इटालियन स्प्रिन्टर भ्यालेन्टिना पेट्रिलो पेरिस पारालम्पिकमा प्रतिस्पर्धा गर्ने पहिलो तेस्रोलिंगी बन्ने भएकी छन् । ५० वर्षीय स्प्रिन्टर भ्यालेन्टिनाले दृष्टिदोष भएका खेलाडीका लागि महिला टी–१२ वर्गीकरणमा प्रतिस्पर्धा गर्नेछिन् । 

उनले सोमबार २०० मिटर र त्यसपछि ४०० मिटर प्रतिस्पर्धामा भाग लिनेछिन् । पेट्रिलोले बीबीसी स्पोर्टसँग कुरा गर्दै ओलम्पिकमा आफ्नो सहभागिता ‘समावेशीकरणको महत्त्वपूर्ण प्रतीक’ हुने बताएकी छन् । तर, पेट्रिलोको महिला दौडमा सहभागिताको विरोध गर्ने खेलाडीहरूको प्रतिनिधित्व गर्ने वकिल र एथलीट मारियुसिया क्विलेरीले भने पारालम्पिकमा निष्पक्षताभन्दा समावेशीकरणलाई छनोट गरिएको प्रतिकृया दिइन् । 

उनले यस विषयमा आफूहरूले केही गर्न नसक्ने समेत बताइन् । गत वर्ष पेट्रिलोले वर्ल्ड पारा एथलिट च्याम्पियनसिपमा दुई वटा कांस्य पदक जितेकी थिइन् । फ्रान्सको पेरिसमा जारी पारालम्पिक अगस्ट २८ देखि सुरु भएको थियो । यो प्रतियोगिता सेप्टेम्बर ८ सम्म सञ्चालन हुने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro