site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेसँगको सहयात्रा 'खुकुरीको धार', मन्त्रालय बुझेपछि थाक्यौँ : बद्री पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । पर्यटनमन्त्री बद्री पाण्डेले नेकपा (एमाले)सँगको सहकार्यलाई खुकुरीको धारको यात्राको संज्ञा दिएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डेले केन्द्रीय समितिको बैठकमा ०८४ को निर्वाचनमा एमाले नै प्रतिष्पर्धी पार्टी भएको बताए ।

“हामीले  जोखिम उठाएका छौँ, एमाले नै ०८४ को मूल प्रतिष्पर्धी हो । हामी नै एक ठाउँमा आएका छौँ । हामी खुकुरीको धारमा यात्रा गरिरहेका छौँ,” उनले भने । 

उनले एमालेसँग तल्लो तहमै प्रतिष्पर्धा रहेकाले त्यसले समस्या निम्त्याउन सक्ने समेत बताए । “एमालेसँग वडावडा, टोलटोलमा प्रतिष्पर्धा छ । विद्यार्थीमा प्रतिष्पर्धा छ । मिलेर जाने र समाधान गर्नका लागि केन्द्रदेखि तलसम्मको संयन्त्र निर्माण गर्नुपर्छ,” उनले भने ।

उनले मन्त्रालयभित्र सम्भावना र चुनौती रहेको पनि बताए । उनले मन्त्रालय बुझेपछि मन्त्रीहरू थकित भएको टिप्पणी गरेको एक नेताले जानकारी दिए ।

“मन्त्रालय बुझेपछि सबै निराश हुनुभएको छ, थाक्नुभएको छ । यदि साँच्चै नै हामीले राजनीतिलाई जिम्मेवारीपूर्वक सोच्ने हो भने हामीलाई सजिलो छैन,” उनले भने । 

उनले कर्मचारीहरूको जागिर खानेभन्दा माथि उठ्न नसक्ने मानसिकतामा देखिएको पनि बताएका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro