site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्राजिलमा एक्समाथि प्रतिबन्ध लागेपछि ब्लुस्कीको प्रयोग बढ्यो

काठमाडौं । ब्राजिलको अदालतले सामाजिक सञ्जाल प्लेटफर्म एक्समाथि प्रतिबन्ध लगाएपछि प्रतिद्वन्द्वी एपलाई फाइदा पुगेको छ ।

माइक्रोब्लगिङ प्लेटफर्म ब्लुस्कीले शुक्रबार दुई दिनमा पाँच लाखभन्दा बढी प्रयोगकर्ता दर्ता भएको जनाएको छ ।

ब्राजिलमा फ्रि आईफोन एप चार्टमा ब्लुस्की आइतबार नम्बर १ मा पुगेको बताइएको छ ।

सन् २०१९ मा खुला, विकेन्द्रीकृत प्लेटफर्मका रूपमा सुरु भएको ब्लुस्कीलाई सुरुमा ट्विटरका संस्थापक ज्या डोर्सीले सुरु गरेका थिए । उनले अहिले यसको बोर्ड छोडिसकेका छन् ।

एक्सका मालिक एलन मस्कले ब्राजिलको सर्वाेच्च अदालतले केही अकाउन्ट ब्लक गर्न आग्रह गरेको विषय अस्वीकार गरेका थिए ।

त्यसपछि एक्सले त्यहाँस्थित आफ्नो कम्पनी बन्द गरेको थियो । कम्पनी बन्द भएसँगै ब्राजिलले एक्समाथि प्रतिबन्ध लगाएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro