site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेखाको निर्णायक गोलमा अल नासरलाई हराउँदै अबुधाबी कन्ट्री समूह चरणमा

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड रेखा पौडेलको निर्णायक गोलप्रेरित अबुधाबी कन्ट्रीले अल नासरविरुद्ध १–० को जित निकाल्दै एएफसी महिला क्लब च्याम्पियनसिपको समूह चरणमा स्थान बनाएको छ ।

शनिबार अल अवल रंगशालामा भएको खेलमा रेखाले ६८औँ मिनेटमा गरेको गोल निर्णायक बनेको हो । अबुधाबीबाट च्याम्पियनसिपमा रेखाको यो दोस्रो गोल हो । रेखाले यसअघि यो एलिफान्ट्स एफसीविरुद्ध पहिलो गोल गरेकी थिइन् । यो नेपाली महिला खेलाडीले एएफसी महिला च्याम्पियनसिपमा गरेको पहिलो गोलसमेत हो ।

अबुधाबीले समूह चरणका सबै खेलमा जित निकाल्दै समूह चरण यात्रा तय गरेको हो । प्रारम्भिक चरणमा अबुधाबीले तीन खेल खेल्दा नौ अंक जोड्यो ।

जितसँगै समूह चरण प्रवेश गरेको अबुधाबी समूह ‘ए’ मा छ । यो समूहमा अबुधाबीसँगै इन्चेन ह्युन्डाइ स्टिल रेड एन्जल्स वुमन्स फुटबल क्लब, सबाह एफए र वुहान जियान्गडा वुमन्स एफसी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro