site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ र चाँदीको २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्