site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘जम्बो टोली’ लिएर सल्लेरी नपुगेको सदनमा कोसीका मन्त्रीको स्पष्टोक्ति

विराटनगर । सोलुखुम्बुको थामेका बाढी पीडितलाई डेढ लाख रुपैयाँ बराबरको राहत सामग्री बोकेर पुगेका कोसी प्रदेशका मन्त्रीले त्यसबारे सदनमा स्पष्टीकरण दिएका छन् ।

कोसी प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीले केही दिनअघि आफूहरू ‘जम्बो टोली लिएर त्यसतर्फ नगएको’ बरु अर्को कार्यक्रममा पुगेका खानेपानी सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीलाई बाटोबाटै साथै लिएर गएको जानकारी गराए ।

Argakhachi Cement Island Ad

मन्त्री अधिकारीले आफूहरू थामेसम्म जाने योजनासाथ गएको भए पनि मौसमको खराबीका कारण फर्कनु परेको सदनसमक्ष जानकारी गराए । यसअघि सोलुखुम्बुका माओवादी सांसद गोम्बु शेर्पाले थामेका बाढी पीडितका लागि ‘प्रदेश सरकारले के ग¥यो ?’ भनि प्रश्न उठाएका थिए ।

मन्त्रीद्वय करिब डेढ लाख मूल्य बराबरका ५०/५० थान तन्ना, म्याट्रीक्स, सिरक बोकेर १४ जनाको टोलीसहित सल्लेरी पुगेका थिए । ती सामग्री प्रमुख जिल्ला अधिकारीलाई जिम्मा लगाएर विभिन्न जिल्ला भ्रमण गर्दै दुई दिनपछि विराटनगर फर्किएका थिए । माग गरेको सामग्री नलिइ जम्बो टोलीसाथ पुगेको भनेर प्रदेशमन्त्रीको आलोचना भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १९:३९
प्रतिक्रिया दिनुहोस्