site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलकुद परिषद् ६१औँ वर्षमा प्रवेश 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले ६१औँ वार्षिकोत्सव मनाएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्दै खेलकुदलाई नयाँ उचाईमा पुर्‍याउनु पर्ने चुनौती रहेको बताए । 

सबै खेलकुदकर्मीहरूलाई शुभकामना दिँदै सदस्य सचिव घिसिङले वार्षिकोत्सवको मूल समारोह केही दिनपछि हुने जानकारी दिए । पहिलोपटक खेलकुद ऐन जारी भएको दिन भदौ १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । 

मूल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी संस्थाहरूलाई सम्मान गर्दै आएको छ । २०२१ भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना दिवस मान्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro