site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविलाई गगनको प्रश्न– सहकारी ठगी प्रकरणमा नौ मिनेट बोल्दा सकिन्छ भनेको ९ घण्टा किन लाग्यो ? 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हतारिएर प्रश्न गर्न थालेको भन्दै त्यसको छानबिनमा विश्वास राख्न आग्रह गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा समय लिएर बोलेका सांसद थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण समितिले नै सार्वजनिक गर्ने बताए । 

प्रमाणसहित प्रश्न उठाएकाहरूसँगका प्रमाण समितिमा पुगेको भन्दै समितिले गर्दै गरेको काममा विश्वास राख्न उनको आग्रह थियो । “केही दिनदेखि संसद्‌मा केही साथीहरूले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरू भएरै त होला यत्रो संसद्‌मा संघर्ष गरेर संसदीय समिति बनाएका छौँ,” थापाले भने, “त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि । त्यसको टीओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । अनि त्यो तथ्य, प्रमाणहरू दिएनौँ होला हामीले ? हामीसँग भएको तथ्य, प्रमाणहरू पुगेन होला समितिमा ?” 

उनले नौ मिनेटमा चट् भनेका सभापतिलाई बयानमा नौ घण्टा किन लाग्यो भनेर प्रश्न सोध्न आग्रह गरे । “नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला ?,” थापाले भने, “मलाई त समितिमाथि पूरा विश्वास छ । सूर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरूमाथि विश्वास छ ।” 

उनले सभापतिले बयान दिएकोमा फैसला भएकै अर्थमा बुझेको भन्दै त्यसरी नझुक्न रास्वपा सांसदलाई आग्रह गरे । “बरु साथीहरू झुक्किनु भयो कि भन्ने लागेको छ मलाई । बयान हो बयान, सफाइ होइन । फैसला त आउनै बाँकी छ,” थापाले भने, “त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य, प्रमाणको आधारमा फैसला आउँछ भनेर बसिरहेको छु ।” 

उनले समितिका सबैमाथि आफूले विश्वास गरेको भन्दै रास्वपालाई मात्र अप्ठेरो पर्ने उनले बताए । “रास्वपाका साथीलाई अलि अप्ठेरा पर्ला कि ? किनकी कालोलाई सेतो कसरी भन्नु ? त्यसैले दिन गनौँ । राम्रोसँग गनौँ । औँला भाँचेर गनौँ । लेखेर गनौँ । खरिले, मसिले जेले गने पनि हुन्छ,” थापाले भने, “फैसला आउने दिन गनौँ । फैसला आएपछि सँगै बसौँला ।”

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro