site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरा र भैरहवा उडानमा चासो देखाउँदैछन् अन्तर्राष्ट्रिय विमान कम्पनी
SkywellSkywell

काठमाडौं । सरकारले पूर्ण सञ्चालन गर्ने उद्देश्यका साथ अनेक छुट–सुविधा दिने भएपछि पोखरा र भैरहवा विमानस्थलबाट उडानमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो दिएका छन् ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालन गर्न प्याकेज सुविधा ल्याएपछि विदेशी विमान कम्पनीहरुले चासो दिएका हुन् ।
 
सरकारले हवाइ टिकटमा रहेको भ्याट छूट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्यान्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुटलगायतका कार्ययोजना ल्याएपछि अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरुले चासो दिएका हुन् ।

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । 

सरकारले कार्ययोजना ल्याएसँगै अन्तर्राष्ट्रिय एयरलाइन्सले प्याकेजप्रति चासो देखाउँदै सोधखोज गर्न थालेको मन्त्रालयले जनाएको छ । 

Dabur Nepal
NIC Asia

यसअघि गौतमबुद्ध विमानस्थलबाट उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले पनि चासो दिएको छ ।  यस्तै विज र थाई एयर एसियाले भैरहवामा चासो देखाएको छन् । थाई एयर एसियाले भैरहवा उडान गर्न विन्टर सेड्युल समेत पठाइसकेको छ । 

पोखरा विमानस्थलबाट उडान गर्न बंगलादेशको एयर अश्त्रले चासो देखाएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

“यसअघि पोखरा र भैरहवामा उडान गर्न अनुरोध गर्दा विमान कम्पनीहरुले नयाँ गन्तव्य भएका कारण केही छुट माग गरेका थिए । हामीले त्यही अनुसार कार्ययोजना बनाएर पठायौं,” उनले भने, “मन्त्रिपरिषद्ले पनि त्यसलाई स्वीकृति दिएसँगै यसमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो दिएका छन् ।”

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को धावनमार्ग र ट्याक्सी ‘वे’ विस्तारका लागि १० घण्टा बन्द हुने भएपछि पोखरा र गौतमबुद्धबाट फ्लाइट गर्न सर्कुलर गरेको भुलले जनाए । 

“आगामी कात्तिक २३ गतेदेखि टीआईएको धावनमार्ग र ट्याक्सी वे विस्तारका लागि दैनिक १० घण्टा बन्द हन्छ,” उनले भने, “हामीले भैरहवा र पोखराबाट उडान गर्ने गरी फ्लाइट ‘रि–सेड्युल’ गर्न सर्कुलर गरेका छौं । त्यसकारण पनि छुटप्रति चासो बढेको छ ।”

उताबाट उडान गर्दा एयरलायन्सहरुलाई पनि विभिन्न छुट दिएका कारण चासो पनि देखाएका छन् । 

दैनिक एक/दुई उडान हुनेलाई टीआईएबाट नै उडान गर्न मिल्छ । तर, दैनिक चार उडान गर्नेले कम्तीमा ५० प्रतिशत र तीन उडान गर्नेले २५ प्रतिशत उडान पोखरा र गौतमबुद्धबाट गर्नुपर्ने उनले बताए । 

आन्तरिक उडान गर्ने वायु सेवाले पनि निर्माण अवधिको समयमा गर्ने फ्लाइट समेत प्रभावित हुनेछन् । टीआईएबाट बिहान ६ बजेदेखि तीन बजेसम्म दैनिक २१ घण्टामा राष्ट्रिय अन्तर्राष्ट्रिय गरी ३५० हाराहारीमा उडान हुने गरेको छ  ।

विमानस्थल धावनमार्ग निर्माण सुरु भएपछि १४ घण्टामात्रै सञ्चालन हुँदा गौतमबुद्ध र पोखराबाट उडान गुर्नुपर्ने भुलले जानकारी दिए ।  हाल टीआईएबाट उडान गरिरहेका विमान कम्पनीहरुका लागि पनि सरकारले दिएको छुटले पोखरा र भैरहवामा उडानको उपयुक्त अवसर रहेको उनको भनाइ छ ।

पोखरा र भैरहवाबाट उडान गर्न ल्याएको नयाँ योजनासँगै मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय हवाइ कम्पनी प्रतिनिधिहरूसँग छलफल समेत गरेका छन् ।

पाण्डेले पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न प्याकेज ल्याएको भन्दै अन्तर्राष्ट्रिय हवाइ कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए ।  जजिरा, सिंगापुर एयरलाइन्सलगायतका दर्जन बढी वायु सेवा सञ्चालकसँग छलफल गरेका थिए ।
 
“देश आर्थिकलगायतका जटिलतामा गुज्रिइरहेको छ । यो संकटको अवस्था हुँदा हुँदै पनि सरकारले अनेक प्याकेज ल्याएर पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न खोजेको छ,” उनले भने, “देशको जटिलता बुझेर सरकारले गरेको निर्णय कम आँक्नु हुँदैन ।”

मन्त्री पाण्डेले दुइवटै विमानस्थल सञ्चालनका लागि नीतिगत, व्यवसायिक र सुरक्षाका क्षेत्रमा निरन्तर छलफल गर्न सरकार तत्पर रहेको बताए ।  उनका अनुसार, पोखरा पर्यटकीय राजधानी भएको हुँदा चीन, भारत लगायतका मुलुकबाट पोखरा र भैरहवामा पर्यटकहरु भित्र्याउन सकेको अवस्थामा राज्यले लाखौं राजस्व आर्जन सक्छ । 

सरकारको प्याकेजमा दुई वर्षपछि के होला भन्नेमा चिन्ता नलिन समेत अन्तर्राष्ट्रिय विमान कम्पनीहरुसँग विश्वास दिलाए ।  मन्त्री पाण्डेले रुटका विषयमा सरकार चीन र भारतसँग कूटनैतिक रुपमा अघि बढिसकेको समेत बताए । छलफलमा उनीहरुले पनि प्याकेजप्रति चासो देखाएको बताए । 

दुई वर्षअघि उद्घाटन भएको गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित उडान हुन नसक्दा हालसम्म  निरन्तर घाटा खाइरहेका छन् ।  चिनियाँ एक्जिम बैंकको ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्डबाहेक अन्य अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu