site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिम्स्टेकको छैटौँ शिखर सम्मेलन स्थगित 

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन स्थगित भएको छ ।

सम्मेलन थाइल्यानडको बैंककमा भदौ १९ गते आयोजना गर्ने अन्तिम तयारी भइरहेका बेला स्थगित गरिएको हो ।

“बिम्स्टेक सचिवालयले छैटौँ शिखर सम्मेलन स्थगित भएको सूचना हामीलाई पठाएको छ । सूचना आइतबार प्राप्त भएको हो,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने ।

जुन ६, १९९७ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको बिम्स्टेकमा दक्षिण र दक्षिणपूर्व एसियाका बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड गरी सात देश सदस्य छन् । 

थाइल्यान्ड सरकारले बिम्स्टेक शिखर सम्मेलन अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेपछि बिम्स्टेक सचिवालयले सदस्य राष्ट्रलाई सूचना पठाएको हो । 

थाइल्यान्ड नयाँ सरकार गठनको प्रक्रियामा रहेको र सरकार गठनमा ढिलाइ भएको कारण सम्मेलन स्थगित गर्नुपरेको थाइल्यान्डको विदेश मन्त्रालयले जनाएको छ । शिखर सम्मेलन सामान्यतया प्रत्येक दुई वर्षमा आयोजना गरिन्छ ।

सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली जाने तयारी गरिएको थियो । उक्त भ्रमणलाई द्विपक्षीय भ्रमण बनाउन खोजिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro