site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल गरिनेछ । त्यसैगरी संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन पेस गर्ने) प्रतिवेदन, २०७१ ले बैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल र पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा.लि.को निवेदन उपर छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल गरिनेछ ।

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गरिनेछ । सार्वजनिक लेखा समितिमा कार्यसूची उल्लेख गरिएको छैन । यी दुवै समितिको बैठक दिउँसो १ बजे बस्नेछ । सबै समितिको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा हुने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro