site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुनकोसीमा खसेको गाडीमा चारजना सवार, तीनको अवस्था अज्ञात

काठमाडौं । सुनकोसी नदीमा शनिबार बेलुका खसेको गाडी र यात्रुको उद्धारकार्य जारी छ । एकबाहेक गाडीमा सवार अरू यात्रुको अवस्था अज्ञात छ ।

गाडीमा सवार एकजना घाइते छन् । खुर्कोटस्थित सुनकोसी सामुदायिक अस्पतालमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं डीएसपी अनिल खड्काले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, कुडुलेस्थित सडकबाट एउटा निजी सवारीसाधन सुनकोसीमा खसेको हो । गाडी नम्बर हालसम्म पहिचान भएको छैन ।

गाडीमा चालकसहित चारजना सवार रहेका आफूहरूले जानकारी पाएको उनले बताए । “गाडी लोकेड भएको छ,” उनले बाह्रखरीसित भने, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी उद्धारमा खटिएका छौँ ।”

अँध्यारो भइसके पनि प्रहरीसित उपलब्ध सामग्रीको सहायतामा उद्धारकार्य जारी राखिएको उनले बताए । “उद्धारकार्य गर्दै छौँ । अरू यात्रु गाडीमै हुनुहोला भन्ने हाम्रो पनि अनुमान छ,” उनले भने, “जति बेलासम्म सकिन्छ, उद्धारकार्य जारी रहन्छ ।”

पूर्वी भेगबाट काठमाडौंतर्फ आउँदै गरेको बोलेरो गाडी सुनकोसीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ । शनिबार बेलुका करिब १७ः५० बजे उक्त गाडी सुनकोसीमा खसेको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।

“दुर्घटना भएको खबर प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सप्रनिको कमान्डमा गोताखोरसहित १० जनाको टोली खटिएको छ,” सशस्त्र प्रहरीको विज्ञप्तिमा उल्लेख छ, “उक्त गाडीमा चारजना सवारमध्ये एकजना रोडमा हाम फाल्दा सामान्य घाइते भएका छ्न् । अहिले गोताखोरले खोजी सुरु गरेको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro