site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ए समाज !

यही समाजले भन्छ–
प्रेम, करुणा र समभावले
मानवीय जीवनलाई अमूल्य बनाउँछ
प्रेमको दियोले
अन्धकारमा रुमलिएको जीवनलाई 
संसार उज्यालो  देखाउँछ्र
बाती, तेल, दियालो, आगो सबै छ
तर,
प्रेमको दीप जल्छ जल्दैन ?
कानुनले विभेद, निषेध गरेको छ ।

ए समाज, भनिदेन !
अब पवित्र प्रेममा
छोइछिटो चल्छ चल्दैन ?
कुरीति, कुप्रथा, कुसंस्कार
कुविचारको हावाहुरीसँग लड्दै
यही अन्धकारमा जल्न लागेको
प्रेमको दियो
जातीय भेदभावको
सुनामीले हिजो ढल्यो, निभ्यो
यही धरातलमा,
यही परिवेशमा
अब फेरि ढल्नुपर्छ पर्दैन ?

ए समाज, भनिदेन !
प्रेम, करुणा र समभावको दियो
अब यहाँ सहज बल्छ बल्दैन ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro