site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमएडब्लूले नाडा अटो सोमा दिपलका दुई मोडल सार्वजनिक गर्ने

काठमाडौं । चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो सोमा दिपल एल०७ इलेक्ट्रिक सेडानको सार्वजनिक गर्ने भएको छ । सोमा एमएडब्लू वृद्धिले दिपल एल०७ बाहेक अरू नयाँ ईभी मोडेल प्रदर्शन गर्ने जनाएको छ ।

अघिल्लो सिब्लिङमा जस्तो नयाँ एल०७ मा पनि वेलकम सिट, एआर एचयूडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरूका साथै ५४० किलोमिटर रेन्ज रहेको कम्पनीले जनाएको छ ।

एल०७ बाहेक कम्पनीले अर्काे ईभी ल्याउने भनेको पनि त्यसबारे थप विवरण भने सार्वजनिक गरेको छैन । एमएडब्लू वृद्धिले सार्वजनिक नगरेको ‘गोप्य मोडल’लाई नाडा अटो सोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।

"यो ईभीले एस०७ को नवीनता र सफलतालाई पार गर्ने छ वा नयाँ स्थान सिर्जना गर्ने छ ? यसको जवाफ नाडा अटो सोको पहिलो दिन मिल्ने छ," कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

१६२ वर्ष पुरानो ग्लोबल अटोमोटिभ लिडर दाबी गर्दै आएको चांगाजमन विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलको ब्याट्री प्रयोग गरेका गाडी नेपाली बजारमा छन् । चांगनको दिपलका ईभीले टेक्नोलोजी जायन्ट हुवावेसँगको सहकार्यमा अद्वितीय रेन्ज, विश्वसनियता र प्रदर्शन प्रत्याभूत गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro