site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राजस्वले साधारण खर्च धान्न सक्ने अवस्था अझै बनिसकेको छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा अझै सुधार नभएको बताएका छन् । शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘समृद्ध अर्थतन्त्र निर्माणको आधार : सवल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक कार्यक्रममा मन्त्री पौडेलले दैनिक उठ्ने राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था रहेको बताए ।

“अर्थतन्त्रका सूचकहरू सकारात्मक बनाउने हामीसामु चुनौती छ । राजस्वले हाम्रो साधारण खर्च धान्न नसक्ने अवस्थाबाट हामी बाहिर निस्किसकेका छैनौँ,” उनले भने, “पुँजीगत खर्च गर्ने क्षमतालाई हामीले गुणात्मकरूपमा वृद्धि नगरिकन विकास र समृद्धिका कुरा गरेर केही काम छैन ।”

राज्यले भुक्तानी गर्नुपर्ने तर बजेटमा नसमेटिएका दायित्वहरू धेरै रहेको पनि उनले बताए ।

गत आर्थिक वर्षको साउनको तुलनामा राजस्व वृद्धि २० प्रतिशतले बढेको छ । तर, बजेटले राखेको लक्ष्य भेटाउन राजस्व संकलन वृद्धि मासिक ३० प्रतिशत हुनुपर्ने उनको भनाइ छ ।

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग गरेको पनि उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro