site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिकामा ममता बेपत्ता प्रकरण– पति पक्राउ परे, नाबालकलाई प्रहरीले जिम्मा लियो 

भर्जिनिया (अमेरिका) ।  विगत दुई सातादेखि बेपत्ता ममता काफ्लेका पति नरेश भट्टलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनलाई घरबाटै पक्राउ गरिएको थियो । बुधबार स्थानीय प्रहरीले शंकास्पद व्यक्तिका रुपमा नरेशलाई राखेको थियो । उनको घरमा खान तलासी गरेपछि पक्राउ गरिएको बताइएको छ ।

प्रहरीले नरेशलाई हिरासतमा लिए पछि उनको नाबालकलाई आफैंसँग लगेको छ ।  यस सम्बन्धमा प्रहरीले पत्रकार सम्मलेन गरेर घटनाका सम्बन्धमा जानकारी दिने बताएको छ । अमेरिकाको भर्जिनियावाट बेपत्ता भएकी ममता काफ्लेका बारेमा प्रहरीले उनका पतिलाई नै शंकाको घेरामा राखेको थियो । 

यही आधारमा वुधबार उनको घरमा स्थानीय प्रहरीले सर्च गरेको थियो ।  तर, छिट्टै ममताको अवस्थामा वारेमा पत्ता लाग्ने संकेत गरेको छ । उनका पतिले अनुसन्धानमा पर्याप्त सहयोग नगरेको र पोइन्ट अफ इन्ट्रेस्ट अर्थात् शंकास्पद व्यक्ति उनका पतिनै भएको अनुसन्धानवाट देखिएको प्रहरीले जनाएको छ ।

ममता र उनका पतिबीच राम्रो सम्बन्ध थिएन । ममता बेपत्ता भएपछि पनि उनका पतिले खोजी कार्यमा प्रहरीलाई सहयोग नगरेको हिमालय खबरले लेखेको समाचारमा उल्लेख छ । भर्जिनियाको मनाससमा बस्दै आएकी नर्स ममता दुई सातादेखि बेपत्ता छन् ।

प्रहरीले निरन्तर उनको खोजी गरिरहेको छ । ममता आफ्नो सिफ्टमा काम गर्न नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । ममतालाई खोज्न स्थानीय नेपाली समाजले पनि प्रहरी प्रशासनलाई दबाब दिएको थियो । 
स्थानीय मिडियाले पनि यसबारेमा समाचार दिएका थिए ।

ममताको बारेमा उनका पतिनै शंकाको घेरामा परेपछि नेपाली समाज स्तव्ध छ । लामो समय भर्जिनियामाबवस्दै आएकी समझना आत्रेयले कस्ता–कस्ता नर्कलाई विश्वास गर्न पुग्छन् विचरा छोरी चेलीहरु भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् ।

उनी लेख्छिन्, “विदेशमा छ भन्दैमा वुझ न सुझ हतार गरेर बिहे गरिदिने वा बिहे भैसकेर पनि विश्वास टुटिसकेको सम्बन्धमा जबर्जस्ती सँगै बस्न बाध्य बनाउने समाज बाबु आमाले आफ्नो सोचमा मूल्यांकन गर्ने गरौं ।”
भर्जिनिया बस्ने अर्का नेपाली प्रसन्न संग्रौला लेख्छन्, “कता जाँदैछ, हाम्रो समाज के भगवान् ।”

यो घटनालाई स्थानीयले मात्र होइन अमेरिका भर नेपाली समुदायमा चासो छ ।  नेपाली समुदायभित्र हुने घरेलु हिंसाका रुपमा यसलाई हेरिएको छ ।  ममताको माइतीघर काभ्रेको पनौती हो । पनौतीका स्थानीयहरुका अनुसार ममताले फेसबुकवाट चिनेका आधारमा डडेलधुराका नरेश भट्टसँग विहे गरेकी थिइन् । 

यही आधारमा उनी अमेरिका आएकी थिइन् । ममताको माइती परिवारको आर्थिक अवस्था कमजोर नै थियो । माइतीको पनौतीमा स–सानो व्यापार थियो । माइती निकटहरुका अनुसार ममताले आफ्नी आमासँग घरमा पति र उनका परिवारले निकै कष्ट दिने गरेको सुनाउने गरेकी थिइन् । 

हिमालय खबरबाट 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro