site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विष्णु पौडेल र आरजु राणासहित चार मन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलसहित चार मन्त्रीमाथि छानबिनको माग गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बिहीबार युवराज सफलले अर्थमन्त्री पौडेलसहित परराष्ट्रमन्त्री आरजु राणा, ऊर्जामन्त्री दीपक खड्का र श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा अर्थमन्त्री पौडेल ललिता निवास प्रकरणमा मुछिएको र रूपन्देहीको देवीनगरमा नक्कली सुकुम्बासी बनेर सार्वजनिक जग्गा लिएकाले छानबिन हुनुपर्ने माग गरिएको छ । 

यसैगरी, परराष्ट्रमन्त्री राणामाथि नक्कली भुटानी शरणार्थी प्रकरण र टीकापुरमा सरकारी जग्गा हिनामिना, ऊर्जामन्त्री खड्कामाथि नेपाल स्काउटको सरकारी जग्गा हिनामिनामा संलग्न भएको दाबीसहित छानबिनको माग गरिएको छ ।

श्रममन्त्री भण्डारीले विभिन्न समयमा श्रम मन्त्रालयमा रहेर विवादित काम गरेको दाबी उजुरीमा गरिएको छ । मन्त्री भण्डारी विभिन्न बहानामा लाखौँ कमिसन खाइरहेको सफलको आरोप छ ।

सफलले आरोपबाट सफाइ नपाएसम्म चारैजना मन्त्री पदमा बस्न नमिल्ने जिकिर गरेका छन् । उनले आफूले दिएको उजुरीमा कारबाही नगरे सर्वोच्च अदालत जाने पनि बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro