site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सबैलाई सत्ता चाहिएको छ : डा. यादव

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले देशका अधिकांश सामुदायिक विद्यालयमा मुख्य विषयका शिक्षक नपाइने समस्या विद्यमान रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । एसईईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनु यसकै नतिजा रहेको उनले उल्लेख गरे ।

नेपाली समाजलाई कहाँ लगिँदै छ भन्ने शिक्षाको स्तर हेरेर नै थाहा हुने उनले टिप्पणी गरे । उनले शिक्षा विधेयक हाल संसद्मा रहेको भन्दै यसमा आवश्यक विचारविमर्श गर्न आग्रह गरे ।

उनले सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिइएको बताए । सबै राजनीतिक दलले सत्ताका निम्ति मरिहत्ते गरिरहेका उनको भनाइ थियो ।

प्रथम राष्ट्रपति यादवले सबै मिलेर कोलाहल मच्चाउने काम भइरहेको बताए । देशमा ८० प्रतिशत खाद्यान्न बाहिरबाट ल्याइने गरेको भन्दै उनले यसरी मुलुकमा समाजवाद नआउने टिप्पणी गरे ।

कार्यक्रममा डा. यादवको भनाइ पढ्नोस्–
अहिले शिक्षा विधेयक हाउसमा छ । राम्रोसँग सोच्नुस्, राम्रोसँग विचार गर्नुस् । कम्तीमा सामुदायिक विद्यालयहरूमा ८० प्रतिशत विद्यालयमा शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी एसईईमा फेल भए भनिरहेका छन् । मुख्य–मुख्य शिक्षकहरू नै छैनन् । राहत वा सामुदायिकस्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ । यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन । संविधान – गणतन्त्र, लोकतन्त्र, समावेशी छ, संघीयतासहित छ । सारा कुरा छ । तर, त्यो लागु कसरी गर्ने देखिरहेको छ । पार्टीलाई सत्तामा नगईकन नहुने । यहीँ भारतमा अहिले राहुलले पक्रिएको छ लाइन, अर्कोपटक आउँछ, हेर्नुहोला । बेलायतमा त्यस्तै छ । कांग्रेसलाई के परेको हो ! न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro