site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभाका सांसदको माग– सहकारी ठगहरूको सम्पत्ति तत्काल कब्जा गर्नुपर्छ
SkywellSkywell

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले सहकारी ठगीमा संलग्नहरूलाई तत्काल कारबाही हुने गरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले सदाचारको पक्षमा नउभिने कुनै पनि संस्थामाथि कडा कारबाही हुने गरी तत्काल कानूनी व्यवस्था गर्न सरकारलाई दबाब दिएका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले सहकारी ठगहरूको सम्पत्ति जफत गरेर पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था गर्न सरकारलाई सचेत गराए । उनले गरिवको पैसामा मोज गर्ने ठगहरूलाई तत्काल कडा कानून बनाएर कारबाही गर्ने काममा ढिलाइ नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

KFC Island Ad
NIC Asia

नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले सदाचार नीतिलाई लागु गर्दै मुलुकमा विद्यमान भ्रष्टाचारलगायत अनैतिक कामहरूको अन्त्य गर्ने काममा सरकार र संसद् दुवैले जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले नयाँ पुस्तालाई सदाचारको नीतिअनुसार अघि बढाउन नसकेको मुलुकको विकास र समृद्धि सम्भव नहुनेसमेत स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी सांसद वामदेव गौतमले सरकारले सदाचार नीति लागु नगर्ने कुनै पनि निकायमाथि कडा कारबाही हुने व्यवस्था गर्नुपर्ने बताए । उनले विद्यालयमा सदाचार नीति नभए अनुदान नदिने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।

सांसद गौतमले सहकारी संस्थाहरूले ऋण प्रवाह गर्न नपाउने व्यवस्था पनि सरकारले गर्नुपर्ने आवश्यकता औँल्याए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro