site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा ६ घण्टादेखि भारी वर्षा, कति पर्‍यो पानी ?
SkywellSkywell

काठमाडौं । कैलालीमा गएरातिदेखि भारी वर्षा भइरहेको छ ।  जिल्लाको अधिकांश स्थानमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भएको छ ।

मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Dabur Nepal
NIC Asia

पछिल्लो ६ घण्टामा धनगढीमा ९०.२ मिलिमिटर वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “धनगढीमा अहिले पनि वर्षा भइरहेको छ,” उनले बाह्रखरीसँग भने, “विस्तारै कञ्चनपुरमा पनि वर्षा हुने देखिएको छ ।” 

मधेस प्रदेश तथा वाग्मतीका विभिन्न स्थानमा वर्षा भइरहेको उनको भनाइ छ । “आज दिउँसो थप वर्षा हुने देखिएको छ,” उनले भने । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ ।  न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu