बाह्रखरी फोटो
काठमाडौं । काठमाडौंमा मंगलबार गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायका मानिसले एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन यो जात्रा मनाउने गरेका छन् ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यस दिन दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो क्षेत्रमा परिक्रमा गराउने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
गाईजात्रा पर्व मनाउन सरकारले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १३:३३
प्रतिक्रिया दिनुहोस्