site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इटालीको सिसिली टापुमा ‘याट’ डुब्दा ६ जना बेपत्ता
तस्बिर : ईपीए ।

काठमाडौं । इटालीको सिसिली टापुको तटमा एउटा लक्जरी ‘याट’ डुब्दा ६ जना बेपत्ता छन् । ५६ मिटर लामो उक्त जहाजमा बेलायती, अमेरिकी र क्यानडाका नागरिकसहित २२ जना सवार थिए ।

सोमबार बिहानै भएको दुर्घटनामा एक वर्षीया बेलायती बालिकासहित १५ जनाको उद्धार गरिएको छ । याट डुबेर बेपत्ता भएका ६ जनामा बेलायती ‘टेक टाइकुन’ माइक लिन्च र उनकी १८ वर्षीया छोरी पनि छन् ।

‘ब्रिटिस बिल गेट्स’ भनेर चिनिने लिन्चले सफ्टवेयर कम्पनी अटोनोमीको स्थापना गरेका थिए । उक्त कम्पनीलाई हेवलेट–प्याकार्डले ११ अर्ब अमेरिकी डलरमा किनेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, बायेसियन नामक याटले रातभर ठूलो आँधीबेहरीको सामना गरेको थियो । त्यससँगै केही क्षति पुगेको याटले सन्तुलन गुमाएको थियो ।

महासागर, समुद्र वा ठूला तालमा उत्पन्न हुने टोर्नाडोजस्तै वाटरस्पाउटमा परी याट डुबेको बताइएको छ ।

गोताखोरले पानीको सतहभन्दा ५० मिटर तल जहाजको एउटा भग्नावशेष फेला पारेको र बेपत्ताहरूको खोजी गरिरहेको बताइएको छ । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro