site stats
बाह्रखरी :: Baahrakhari
देश
के छ पहिरोले थुनिएको इन्द्रावतीको बहावको अवस्था ? 

काठमाडौं । पहिरोले केही भाग थुनिएको इन्द्रावती नदीको बहाव क्रमशः सामान्य अवस्थामा फर्किने क्रममा रहेको छ । पानीले नदीमा खसेको माटो बगाएर लगिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए । 

“नदीको एक छेउमा खसेको पहिरो पानीले बगाउँदै लगेको छ । पानीले माटो बगाएर लैजाँदा अब केही समयमै नदीको बहाव सामान्य अवस्थामा फर्किनेछ,” डीएसपी भट्टराईले बाह्रखरीसँग भने, “थप पहिरो गएन भने कुनै पनि खतराको अवस्था छैन । डराउनु पर्ने अवस्था छैन ।” 

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तिपेनीमा सोमबार दिउँसो खसेको पहिरोका कारण इन्द्रावती नदीको बहाब कम भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्