site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी बढेको थियो थामे बगाउने थ्याङ्बो हिमताल

काठमाडौं । थ्याङ्बो हिमताल फुट्दा ३२ साउनमा सोलुखुम्बुको थामे गाउँ बगाउने बाढी आएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले जनाएको छ । सन् २०१७ मा युरोपियन स्पेस एजेन्सीको स्याटलाइटमार्फत गरेको अध्ययनको हवाला दिँदै ईसीमोडले थामेको माथिल्लो क्षेत्रमा रहेका हिमतालको आकार निरन्तर बढिरहेको बताएको छ ।

ईसीमोडका अनुसार हिउँ पग्लिएर आकार बढिरहेका हिमतालहरू विस्फोटको जोखिममा छन् ।

थामे गाउँ बगाउने थ्याङ्बो हिमताल विस्फोट हुनु अगाडि ०.०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको थियो ।

Thame-Badhi-1724068768.jpgजल तथा मौसम विज्ञान विभागका अनुसार हिमतालहरू रहेको थामेको सिरान क्षेत्रमा ३२ साउनभन्दा अगाडि सात दिनसम्म लगातार ६५ मिलिमिटर वर्षा भएको थियो । अर्कोतिर तापक्रम पनि बढ्यो ।

विभागका अनुसार बाढी आउने अघिल्लो दिन त्यस क्षेत्रको औसत तापक्रम करिब १६ डिग्री सेल्सियस पुग्यो । निरन्तरको वर्षा र तापक्रम वृद्धिको नतिजास्वरूप हिमताल विस्फोट भयो ।

स्याटलाइट फुटेज हेर्न यहाँ क्लिक गर्नुहोस् ।

ईसीमोडका अनुसार बर्सेनि यस क्षेत्रका हिमदनीहरू पग्लिने क्रम बढेको छ । ईसीमोडको अध्ययन अनुसार हिमदनी र हिउँ पग्लिएका कारण नेपालका २१ वटा हिमताल विस्फोटको जोखिममा छन् । जोखिममा रहेका २१ हिमतालमध्ये १८ हिमताल कोसी बेसिन क्षेत्रमा पर्छन् ।

थामेमा विस्फोट भएको हिमताल पनि कोसी बेसिन क्षेत्रैकै हिमताल हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro