site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणाको दाबी– एस जयशंकरसँग नयाँदिल्लीमा फलदायी भेट भयो

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय भेटवार्ता फलदायी भएको दाबी गरेकी छन् । सोमबार नयाँदिल्लीमा भारतीय विदेशमन्त्रीसँगको भेटपछि उनले यस्तो दाबी गरेकी हुन् ।

“एस जयशंकरसँग नयाँदिल्लीमा फलदायी भेट भयो । द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो,” परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

आफ्नो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास आफूले लिएको उनले बताएकी छन् ।

परराष्ट्रमन्त्री राणा पाँचदिने भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ गएकी हुन् । उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro