देश
काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रहरू प्रमाणीकरण गर्न अब पाँच हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।
काउन्सिलको गत असार २८ गतेको बैठकले सम्बन्धित संस्थामा इमेलमार्फत् विवरण पठाई प्रमाणीकरण गर्न सो शुल्क तोकेको हो ।
प्रमाणपत्र तयार भएपश्चात व्यक्तिले माग गरेको संस्थामा नै पठाउने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ ।
यसअघि प्रमाणीकरण शुल्क नेपाली नागरिकका निम्ति एक हजार र विदेशीका निम्ति दुई हजार रुपैयाँ तोकिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १३:५६
प्रतिक्रिया दिनुहोस्