राजनीति
काठमाडौं । भारतको पाँचदिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले सोमबार त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्दै छिन् । परराष्ट्रमन्त्री राणा आइतबार (हिजो) नयाँ दिल्ली पुगेकी हुन् ।
आइतबार साँझ उनी नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर त्यहाँको जानकारी लिएकी थिइन् ।
परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गर्दै छिन् । राणा र जयशंकरबीच हुने द्विपक्षीय भेटवार्तामा नेपाल–भारत सम्बन्धका सबै आयाममाथि छलफल हुने नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १०:५६
प्रतिक्रिया दिनुहोस्