site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाका सहमहामन्त्री आचार्यसँग समितिले लियो बयान

काठमाडौं । संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपीनकुमार आचार्यसँग बयान लिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा उक्त विषयमा आचार्यसँग बयान लिइएको हो ।

सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा आचार्य मुछिएका छन् । सहकारीबाट ०७८ पुस १२ गते उनका नाममा एक करोड ५६ लाख १५ रुपैयाँ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरिएको आरोप छ ।

Dabur Nepal
NIC Asia

उनको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको छ । सरोकारवाला निकायलगायत सहकारीको रकम ठगीमा मुछिएकालाई कारागारबाट झिकाएर पनि समितिले निरन्तर छलफल गरिरहेको छ ।

छलफलका साथै प्रतिवेदनको मस्यौदा निर्माणको काम समेत निरन्तर भइरहको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।

गएको जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro