site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेटौँडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहनगरपालिका–९, धापमा शनिबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मयूरधापबाट हेटौँडा बजारतर्फ आउँदै गरेको वाग्मती प्रदेश०३–००५प २४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय रामचन्द्र अर्यालका पाँच वर्षीय छोरा सिभांसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका ती बालकको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro