site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एयर डाइनेस्टी दुर्घटना : चिनियाँ नागरिकको शव अझै बुझेनन् परिवारले
फाइल तस्बिर ।

काठमाडों ।  यही साउन २३ गते भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चिनियाँ नागरिकको शव परिवारले अहिलेसम्म बुझेका छैनन् । दुर्घटनामा ज्यान गुमाएका चारजना चिनियाँ नागरिकको शव त्रिवि शिक्षण अस्पतालको 'मर्चरी कोल्ड रुम'मा राखिएको छ ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीका अनुसार दाँतको रिपोर्ट (डेन्डल म्याचिङ) मार्फत उनीहरूको पहिचान गरिएको थियो । साउन २७ गते नै शव पहिचान भए पनि परिवारले लैजाने/नलानेबारे अहिलेसम्म निर्णय दिएका छैनन् ।

“हामीले पहिचानको काम सकेर शव सुरक्षित राखिदिएका छौँ । शव लैजाने वा यतै अन्त्येष्टि गर्ने भन्नेबारे परिवारबाट अहिलेसम्म केही खबर आएको छैन,” डा. चौधरीले बाह्रखरीसित भने ।

पाइलट अरूण मल्लको शव भने परिवाले बुझेर अन्त्येष्टि गरिसकेका छन् ।

काठमाडौंबाट रसुवाका निम्ति उडेको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटना हुँदा पाइलट मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।

हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न सरकारले सुवास थापा संयाेजक रहेको जाँचबुझ समिति गठन गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro