site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कीर्तिमानी ३४ पेनाल्टी प्रहारपछि आयाक्सको जित 

काठमाडौं । डच टिम आयाक्स एम्सटरड्याम र पानाथिनाइकोसबीचको खेलले नतिजाको निर्णयका निम्ति कीर्तिमानी ३४ पेनाल्टी प्रहार गरेका छन् ।

बिहीबार युरोपा लिग तेस्रो छनोट चरणअन्तर्गत यी दुई टिमबीच भएको खेलको नतिजाका निम्ति ३४ पेनाल्टी प्रहार भएका हुन् । २५ मिनेटसम्म चलेको पेनाल्टी सुटआउटमा दुवै टिमका समान १७ खेलाडीले प्रहार गरेका थिए । जसमा आयाक्याले १३–१२ ले बाजी मारेको हो ।

यसअघि यूईएफएअन्तर्गतको कुनै पनि प्रतियोगितामा सबैभन्दा धेरै पेनाल्टी प्रहार गर्ने कीर्तिमान इंग्ल्यान्ड यू २१ र नेदरल्यान्ड्सबीचको खेलले राखेको थियो । सन् २००७ मा भएको यूईएफए युरोपियन यू–२१ च्याम्पियनसिपमा इंग्ल्यान्ड र डच युवा टिमले नतिजाको लागि कुल ३२ पटक पेनाल्टी प्रहार गरेका थिए ।

विश्व फुटबलमा भने सबैभन्दा लामो पेनाल्टी सुटआउटको कीर्तिमान इजरायली तेस्रो श्रेणीको लिगले बनाएको थियो । डिमोना र सिम्सोनबीच भएको उक्त खेलमा नतिजाको निर्णयका लागि कुल ५६ पेनाल्टी प्रहार भएका थिए ।

बिहीबार आयाक्सलाई जित दिलाउन गोलकिपर रेम्को पास्भिर नायक बने । उनले पाँच पेनाल्टी बचाउँदै आफ्नो प्रहारलाई गोलमा पनि परिणत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro