site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले सेवाग्राहीबाट घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको हो । 

कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । त्यसपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।

अनुसन्धान हुँदा केही दिनअघि अख्तियारको टोलीले कोइरालालाई  सेवाग्राहीबाट नगद एक लाख ५० हजार रुपैयाँ र चार लाख ५० हजारको बैंक चेक लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धान हुँदा अस्पतालमा औषधि सप्लाई गरेवापत नियमअनुसार पाउनुपर्ने रकमको भुक्तानी दिनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस माग गरी नगद डेढ लाख र साढे चार लाख रुपैयाँको चेक लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro